निर्देशन नटेरेपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई राष्ट्र बैंकले तिरायो १५ करोड जरिवाना

4.2k
Shares

काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । आफ्नो निर्देशन नमानेको भन्दै केन्द्रीय बैंकले कारबाही गरेको हो ।

आ.व. २०८१/८२ को दोस्रो त्रयमास २०८१ पुस मसान्त–सम्मको अवधिमा बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको कारण कारबाहीमा परेको हो । राष्ट्र बैंकले कुल १४ करोड ८५ लाख २५ हजार ५६६ रुपैयाँ ८७ पैसा जरिवाना तिरेको छ ।

सो अवधिसम्म बैंकले कृषिमा १०.९५, जलविद्युत वा ऊर्जा क्षेत्रमा ५.९५ प्रतिशत र साना तथा मझौला उद्योगमा ३.९८ प्रतिशतमात्र कर्जा लगानी गरेको छ ।