सुन सिफिारिसमा शुल्क लिन पाइँदैन: राष्ट्र बैंक

0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सुन आयात तथा बिक्री वितरणसम्बन्धी प्रक्रियामा सिफारिस गर्दा कुनै पनि प्रकारको दस्तुर वा शुल्क नलिन आग्रह गरेको छ।

‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०७६’ अनुसार सुन व्यवसाय सम्बन्धी संघ/महासंघले वाणिज्य बैंकमार्फत व्यवसायीलाई सुन खरिदका लागि सिफारिस गर्ने व्यवस्था छ । तर, कार्यविधिको दफा १४ अनुसार संघ/महासंघले यस प्रकारको सिफारिस गर्दा दस्तुर वा शुल्क लिन नमिल्ने स्पष्ट उल्लेख छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘सुन खरिदका लागि सिफारिस प्रदान गर्ने संघ/महासंघ र सिफारिस लिने व्यवसायीले उक्त व्यवस्थाको पालना गर्नु गराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०७६ को दफा १४ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशित गरिएको हो ।’