सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो, कति पुग्यो ?

525
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेर १ लाख ८८ हजार ३०० रुपैयाँमा कायम भएको छ ।

यसअगाडि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि ओरालो लागेको छ। आइतबार तोलामा १ हजार ९९० रुपैयाँ रहेको चाँदी सोमबार २० रुपैयाँ घटेर तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको छ ।