
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा भिण्डी प्रतिकिलो ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी ठूलो गोलभेँडा ४०, सानो गोलभेँडा लोकल २५, आलु रातो ३४, प्याज सुकेको ३८, गाजर लोकल ४०, गाजर तराई २५, बन्दा लोकल १५, बन्दा नरिवल २०, काउली स्थानीय ३०, मूला रातो ४५, मूला सेतो लोकल २०, सेतो मूला हाइब्रिड ३५, भन्टा लाम्चो ५०, भन्टा डल्लो ५०, तने बोडी ९०, मटरकोसा १००, घिउ सिमी लोकल ८०, घिउ सिमी हाइब्रिड ८०, टाटे सिमी ९०, भटमास कोसा १४०, तितो करेला ३५ र लौका ३० रुपैयाँ प्रतिकिलोमा आइतबार बिक्री भएको छ ।
यस्तै परबर लोकल ६०, परबर तराई ६०, चिचिण्डो ५०, घिरौला ५०, झिगुनी ७०, फर्सी पाकेको ५०, फर्सी हरियो लाम्चो ३०, हरियो फर्सी डल्लो ३०, सलगम ६०, भिण्डी प्रतिकिलो ८०, बरेला ५०, पिँडालु ९०, स्कूस ५०, रायो साग ६०, पालुङ्गो साग ७०, चमसुरको साग ७०, तोरीको साग ३५, मेथीको साग ९०, प्याज हरियो ५०, बकुला ५०, तरुल १००, च्याउ कन्ये २२०, च्याउ डल्ले ३५०, राजा च्याउ ३००, सिताके च्याउ ८०० र कुरिलो ६०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
त्यसैगरी निगुरो ५०, ब्रोकाउली ६०, चुकुन्दर ६०, सजीवन १००, कोइरालो ३००, रातो बन्दा ६५, जिरीको साग ६५, ग्याठकोभी ६०, सेलरी २००, पार्सले ३००, सौफको साग ८०, पुदिना २५०, गान्टे मूला ५०, तामा १००, तोफु १२०, गुन्द्रुक ३५०, अदुवा १३०, खुर्सानी सुकेको ४२०, खुर्सानी हरियो ८०, खुर्सानी हरियो बुलेट १००, खुर्सानी हरियो माछे ७०, भेडे खुर्सानी ८०, लसुन हरियो १०० र लसुन सुकेको नेपाली ३०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।







प्रतिक्रिया