
बुटवल । लुम्बिनी प्रदेश सरकारका केहि मन्त्री र सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एक कार्यक्रम बहिष्कार गरेका छन् ।
लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रम भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले बहिष्कार गरेका हुन् । ढकाल एमालेबाट मन्त्री भएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथी प्रधानमन्त्री ओली थिए । उक्त कार्यक्रमको उदघाट्न ओलीले गरेका थिए । उक्त कार्यक्रममा आफूहरुलाई बस्न कुर्सिको व्यवस्था नगरी अपमान गरेको भन्दै वर्तमान र पूर्व मन्त्रीका साथै सांसदहरुले बहिष्कार गरेका थिए ।
प्रतिक्रिया