
काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले चालक साझेदारहरूको शशक्तिकरण र सामुदायिक संलग्नतालाई थप मबजुत बनाउन ‘दि बेटर ड्राइभ इनिसिएटिभ मनी, माइन्ड, म्यानर’ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमा आर्थिक साक्षरता, मानसिक स्वास्थ्य र कल्याण, साथै शिष्ट व्यवहार र व्यावसायीक सेवाको महत्व जस्ता महत्वपूर्ण विषयहरु समेटिएका थिए । कार्यक्रमको मूल उद्देश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माणमा चालक साझेदारहरुलाई आवश्यक ज्ञान सीप र मनोबल प्रदान गर्नु थियो ।
कार्यक्रममा सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षा सम्बन्धी सावधानीहरू, मानसिक स्वास्थ्य व्यवस्थापन, र उत्कृष्ट ग्राहक सेवा जस्ता पक्षहरूमा सेसन दिइएको थियो ।
इनड्राइभले केवल रोजगारीका अवसरहरू प्रदान गर्ने मात्र नभई, ’आफ्ना चालक साझेदारहरूको समग्र हित, सशक्तिकरण, र दीर्घकालीन पेशागत विकासप्रति प्रतिबद्धता जनाउँदै आएको छ ।
‘दि बेटर ड्राइभ इनिसिएटिभ’ यही प्रतिबद्धताको अभिव्यक्ति हो, जसले चालकहरूलाई आत्मविश्वासी, सचेत र सेवामुखी बनाउने दिशामा महत्वपूर्ण कदम चाल्ने बताइएको छ । कार्यक्रममा चालक साझेदारहरूको व्यावसायिक, आर्थिक र मानसिक सशक्तीकरणमा योगदान पुर्याउने विषयवस्तुहरू समेटिएका थिए ।
कार्यक्रममा सडक सुरक्षा र ट्राफिक नियमका विषयमा प्रस्तुतिकरण प्रदान भएको थियो । ट्राफिक प्रहरीका प्रतिनिधिहरूद्वारा सञ्चालित यो सेसनले चालकहरूलाई सडकमा सुरक्षित रहनुपर्ने अनिवार्यता र नियमहरूको पालना गर्नुपर्ने महत्वलाई सशक्त रूपमा प्रस्तुत गरिएको थियो ।
यस्तै, वित्तीय साक्षरतालाई पनि यसमा केन्द्रीत रोखिएको थियो । आईएमईका चिफ ग्रोथ अफिसर संजीव न्यौपानेको नेतृत्वमा सञ्चालन गरिएको यस कार्यक्रममा चालक साझेदारहरूलाई दिगो आर्थिक व्यवस्थापन, बचत, लगानी तथा डिजिटल वित्तीय उपकरणहरूको उपयोगबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।
यस्तै, मानसिक स्वास्थ्य जागरूकताका विषयमा पनि कार्यक्रममा चर्चा गरिएको थियो । ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरीद्वारा सञ्चालित सेसनमा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन तथा सकारात्मक सोचले व्यक्तिगत र व्यावसायिक जीवनमा पार्ने प्रभावबारे गहन छलफल भएको थियो ।
कार्यक्रममा इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले भने, ‘इनड्राइभमा हामी यो दृढ विश्वास गर्छौं कि हाम्रो चालक साझेदारहरूको सशक्तीकरण केवल प्रविधिको माध्यममा सीमित छैन यो मानव कल्याण, सुरक्षाको प्रत्याभूति, आर्थिक सुदृढता, मानसिक स्वास्थ्यको संरक्षण, र उत्कृष्ट सेवा मापदण्डहरूको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको छ ।’
उनले ‘द बेटर, ड्राइभ: इनिसिएटिभ – मनि, माइण्ड, म्यानर’ कार्यक्रममार्फत एकजुट, सुरक्षित, र समर्पित राइड – हेलिङ्ग समुदायको निर्माणमा योगदान पुर्याउने बताए । यस्ता पहलहरूले नेपालमा उत्तरदायी, दिगो र समावेशी मोबिलिटी इकोसिस्टमको आधार निर्माण गर्ने उनको भनाइ छ ।








प्रतिक्रिया