
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले वैशाख ३० गतेदेखि १ः०.२७ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले वैशाख ५ गते बुक क्लोज गरेको छ । वैशाख ४ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्कासन भएपछि ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।
बिमा प्राधिकरणले जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको छ । कम्पनीले पुुँजी पुर्याउन हकप्रद सेयर निष्कासन गरेको हो ।







प्रतिक्रिया