
काठमाडौं । नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र सुर्यज्योति लाईफ इन्स्योरेन्स बिच सम्झौता भएको छ ।
नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबिच सम्झौता भएको हो । सम्झौतामा जोय स्टोरका तर्फबाट कम्पनीका प्रवन्ध निर्देशक गुरुदत्त शर्मा र सुर्यज्योति लाईफ इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख व्यापार संचालन अधिकृत राजिव गर्बचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
जोय स्टोरबाट एप्पलका समान खरिदमा इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकले छुट तथा एप्पलका उत्पादनमा ४० प्रतिशत डाउनपेमेन्टमा जिरो प्रतिशत ब्याजदरमा नविल बैंक मार्फत सरल किस्ताबन्दी सुविधा समेत लिन सक्नेछन् । जोय स्टोरका अनुसार उक्त छुट एप्पलका उप्पादनहरुमा सुर्यज्योति लाईफ इन्स्योरेन्स कर्मचारी एवम् सेवाग्राहीहरुलाई अधिकतम २० प्रतिशत सम्म छुट पाउनेछन् ।
इन्स्योरेन्स कर्मचारी एवम् सेवाग्राहीहरुलाई सरलरुपमा किस्ताबन्दी र सुलभ मूल्यमा एप्पलका उप्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रवन्ध निर्देशक गुरुदत्त शर्माले जानकारी दिए । ‘उक्त छुट तथा किस्ताबन्दीका लागि कर्मचारी तथा कम्पनीका ग्राहकहरुले इन्स्योरेन्स गरेको प्रमाण पुग्ने कागजपत्र देखाउनु पर्नेछ’, उनले भने, ‘सोही आधारमा जोय स्टोरले छुट तथा एप्पलका उत्पादनमा ४० प्रतिशत डाउनपेमेन्ट गरि नविल बैंक मार्फत एप्पलका सामान उपलव्ध गराउनेछ ।’







प्रतिक्रिया