
काठमाडौं । पछिल्लो केही दिन यता लगातार उच्च वृद्धि देखिएको सुनको मूल्य बुधबार भने घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भमा हस्तक्षेप गर्न खाजेपछि सोमबार र मंगलबारको सुरुवाती समयमा अन्तराष्ट्रिय बजारमा नै सुनको मूल्य उच्च दरमा बढेको थियो ।
तर, मंगलबार अन्तिम समयमा अन्तराष्ट्रिय बजारमा घटेर बन्द भएको सुनको मूल्य बुधबार पनि घटेको कारण नेपाली बजारमा बुधबारको लागि सार्वजनिक भएको नयाँ मूल्य घटेको हो ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो । बुधबार तालामै ७ हजार ५०० रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायि महासंघले जनाएको छ ।
बुधबार चाँदी मूल्य पनि घटेको छ । मंगलबार तोलामा १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भएकोमा बुधबार घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ९६५ मा कारोकार भइरहेको छ ।








प्रतिक्रिया