लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले ल्यायो ग्यारेण्टिड ग्रोथ प्लान

49
Shares


काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले बजारको माग र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दैे न्यून तथा मध्यम आय वर्गका लागि नयाँ बीमा योजना “ग्यारेण्टिड ग्रोथ प्लान” बीमालेख प्रचलनमा ल्याएको छ ।

यो योजनाले सानो सानो रकम बचत गरी बीमालेख परिपक्व हुदाँ बीमितलाई एकमुष्ठ रकम प्राप्त गरी आफ्नो आर्थिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने कम्पनीले जनाएको छ ।

यो बीमालेख चालुरहेको अवस्थामा बीमितको मृत्युभएमा बीमितको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । यो बीमालेख १८ वर्षदेखि ६५ वर्षसम्मको व्यक्तिले न्यूनतम ८ वर्ष तथा अधिकतम २५ वर्ष अवधिका लागि खरीद गर्न सक्नेछन । यो बीमा योजना अन्तर्गत न्यूनतम् बीमाङ्क १० हजार तथा अधिकतम् बीमाङ्क ५ लाख रुपैयाँसम्म हुनेछ । यस बीमा योजना अन्र्तगत ग्राहकवर्गले आफ्नो आवश्यकता तथा इच्छा अनुसार वार्षिक, अर्ध(वार्षिक, त्रैमासिक तथा एकमुष्ठ रुपमा बीमाशुल्क तिर्न सक्नेछन् ।

यो योजनासंगै अतिरिक्त सानो रकम तिरी एडीबी तथा एटीपीडी सुविधा लिन सकिनेछ । यो योजनाको मुख्य विशेषता बीमालेखको अवधि भुक्तानीमा बीमाङ्क रकम तथा बीमालेखको अवधिको आधारमा १० वर्षे अवधिसम्म २५ रुपैयाँ, १० देखि १४ वर्षे अवधिसम्म ३५ रुपैयाँ १५ देखि १९ वर्षे अवधिसम्म ४५ रुपैयाँ तथा २० वर्ष वा सो भन्दा माथिको अवधिमा ५० रुपैयाँ प्रतिवर्ष प्रतिहजारको दरले ग्यारेन्टेड रिटर्न दिइने कम्पनीले जनाएको छ ।

यस योजनामा अवधि समाप्त हुनुभन्दा अगावै बीमालेख सक्रिय रहेको अवस्थामा बीमितको मृत्यु हुंदा मूल बीमाङ्क रकममा बीमालेखको अवधिको आधारमा बीमाङ्क रकममा प्रत्याभूत गरिएको आय ग्यारेन्टेड रिटर्न थप गरि एकमुष्ठ भुक्तानी गरिने जनाएको छ ।

बीमालेख अन्र्तगत पूरा तीन वर्षको बीमाशुल्क भुक्तानी भै बीमा प्रारम्भ मितिले ३ वर्ष पूरा भएको अवस्थामा नेपाल बीमा प्राधीकरणले लागु गरेको विधि अनुसार बीमालेख अन्र्तगत सर्मपण मूल्यको ९० प्रतिशतसम्म कर्जा वा बीमालेख सर्मपण गर्न सकिनेछ ।