
काठमाडौं । चीनको ईभीटोल कम्पनी अटो फ्लाइटले विश्वकै पहिलो विद्युतीय एरो फ्लाइट (ड्रोन)को डेमो उडान गरेको छ । कम्पनीले अग्नि नियन्त्रण, विपत उद्दार र कार्गो उडानका लागि स्वचालित ड्रोनको परीक्षण उडान गरेको हो ।
२ टन टेकअफ क्षमता रहेको यो एरोफ्लाइले ४०० किलोग्राम सामग्री बोकेर २०० किलोमिटरसम्म उड्न सक्छ भने अधिकतम गति २०० किमी प्रतिघण्टा रहेको छ ।
नेपालले यस्तो प्रविधि अपनाउने हो भने वनमा आगलागी नियन्त्रणमा ठूलो भूमिका खेल्ने बताइएको छ ।
अटो फ्लाइटले आयोजना गरेको विश्वकै पहिलो विद्युतीय एरो फ्लाइटको डेमो उडानमा व्यवसायी निर्वाण चौधरी सहभागी भएका छन् ।
चौधरीले यो उपकरण चाँडै नेपाल ल्याउने संकेत पनि गरेका छन् । तस्बिर सार्वजनिक गर्दै उनले भनेका छन्, ‘यो उपकरण नेपाल ल्याए आगलागी नियन्त्रणमा ठूलो भूभिका खेल्नेछ । सायद चाँडै नेपाल आउनेछ ।’










प्रतिक्रिया