
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नजिक पुगेको छ ।
आज एकै दिन तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख ९७ हजार ९ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार सुनको मूल्य तोलाको १ लाख ९१ हजारमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा १० रुपैयाँले बढ्दै चाँदीको मूल्य १ हजार ९७० पुगेको हो ।
नेपालीमा अहिले विवाहको सिजन रहेकाले ग्राहकले सुन खरिदमा धेरै पैसा खर्च गर्नुपर्ने अवस्था बनेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा सुनको भाउ बढेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका प्रमुखमाथि ब्याजदर नघटाएको भन्दै आक्रोश पोखिरहँदा डलर र सेयर बजार घटेको छ भने लगानीकर्ताहरु सुनप्रति आकार्षित हुँदा विश्व बजारमा सुनको भाउ बढेको छ ।








प्रतिक्रिया