धुलिखेलमा डेटाबेस प्रणाली बारेको तेस्रो पोस्टग्रेस सम्मेलन हुँदै

210
Shares

काठमाडौं । तेस्रो पोस्टग्रेस सम्मेलन आयोजना हुने भएको छ । पोस्टग्रेस सम्मेलन यहि मे ५ र ६ गते काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुनेछ जसको तयारी अन्तिम चरणमा पुगेको छ । यस सम्मेलनले खुला स्रोत डेटाबेस प्रणालीमा रुचि राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीहरूलाई एउटै मञ्चमा ल्याउने बताइएको छ ।

यस सम्मेलनमा डेभलपर र योगदानकर्ता, साथै निर्णयकर्ता र नीति निर्माता पनि सहभागि हुने छन् । यस्तै, मे ५ र ६ मा पोस्टग्रेस सम्मेलन हुनु अगाडि मे ३ र ४ मा प्रि पोस्टग्रेस प्रशिक्षण (ट्रेनिङ) पनि हुनेछ ।

यसमा यसमा बुकस्टोर नमूना अनुप्रयोगमा आधारित व्यावहारिक असाइनमेन्टहरूको श्रृंखला समावेश हुनेछन् । डाटाबेस स्किममा डिजाइन गर्नेदेखि तालिकाहरू, दृश्यहरू, प्रकार्यहरू, र ट्रिगरहरू सिर्जना गर्न सिकाउने छ ।

यसअघि सन् २०१८ र २०२३ मा आयोजित सम्मेलनहरू अत्यन्त सफल रहँदै, प्रविधि क्षेत्रका विज्ञह

रू, अनुसन्धानकर्ता, र स्थानीय प्रविधिप्रेमीहरूबीच ज्ञान, अनुभव र नवीनतम प्रविधि प्रवाहको उत्कृष्ट थलो बनेका थिए । विशेषगरी २०२३ को सम्मेलनमा विश्वप्रसिद्ध पोस्टग्रेस विशेषज्ञहरूको प्रस्तुतिसँगै, स्थानीय वक्ताहरूको योगदान समेत अत्यन्त सराहनीय रहेको थियो ।

यस वर्षको सम्मेलनमा पनि अन्तर्राष्ट्रिय विशेषज्ञहरूद्वारा उच्चस्तरीय प्रवचन, व्यावहारिक तालिम र प्रविधि नवप्रवर्तन विषयमा विशेष छलफल हुने आयोजकले बताइएको छ । साथै, नेपाली प्राविधिक समुदायका सदस्यहरूलाई विश्व समुदायसँग जडान गराउने महत्वपूर्ण अवसरको रूपमा लिइएको छ ।