
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एयरवसको ए३३० वाइडबडी उडाउन ४ जा पाइलट माग गरेको छ । निगमले ३ जना प्रशिक्षक पाइलट र एक जना लाइन पाइलट माग मागेको हो ।
निगमले एक वर्षे अवधिको लागि करारमा पाइलट माग गरेको हो । निमगले माग गरेको पाइलटको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ), यूरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी (इएएसए), फेडेरेसन एभिएसन एडमिनिस्ट्रेसन –एफएए र नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान)बाट मान्यता प्राप्त हुनुपर्छ । विदेशी पाइलटको हकमा एक वर्षको पासपोर्टको मान्यताप्राप्त मिति हुनुपर्छ ।
प्रशिक्षक पाइलटले एयरवस वाइडबडीको जहाज कम्तिमा १ हजार घण्टा उडाएको हुनुपर्ने, एक वर्ष भित्र वाइडबडी जहाज उडाइरहेको हुनुपर्नेसहितको शर्त तोकिएको छ ।
लाइन पाइलटको लागि भने न्यूनतम ५ सय घण्टा एयरवसको ए३३० नामक वाइडबी उडाएको हुनुपर्ने, आइकाओ, इएएसए, एफएए र क्यानबाट मान्यताप्राप्त सहितको शर्त तोकिएको छ ।








प्रतिक्रिया