
काठमाडौं । शुक्रबार (आज) नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुन प्रतितोला ८०० रूपैयाँले घटेर शुक्रबार १ लाख ८९ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६०० रूपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
चाँदीको मूल्यमा भने परिवर्तन आएको छैन । बिहीबार प्रतितोला १ हजार ९६० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही रहेको छ ।








प्रतिक्रिया