
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) औपचारिकरुपमै घोषणा भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नाइमाको घोषणा भएको हो । अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा फुटेर नाइमा जन्मिएको हो ।
यसअघि नै विभिन्न अटो आयातकर्ता कम्पनी मिलेर नाइमा नामक नाफा वितरण नगर्ने कम्पनी स्थापना गरेका थिए जसको औपचारिक घोषणा भने बुधबार भएको हो ।

कार्यक्रममा नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले नाइमाले अटो मोबिलिटी सशक्तिकरणको वकालत गर्ने बताइन् । नाइमाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्नेछ,´ अध्यक्ष वैद्यले भनिन्, ‘हामी सरकारसँग मिलेर यी उद्देश्य पूरा गर्न काममा लागि पर्ने छौं ।´
नाइमाले मोबिलिटीमार्फत विकास सशक्त बनाउने लक्ष्य राखेको र दिगो तथा उद्योग र सरोकारवालाहरूको सशक्तीकरण, विकास तथा समृद्धिमा केन्द्रित रहने उनले उल्लेख गरिन् ।
नाइमामा टोयोटाको आधिकारिक विक्रेता युनाइटेड सिन्डिकेटसहित, बजाज, किया, हुन्डाई, महिन्द्रा, बीवाईडी, होन्डा लगायत कम्पनीका सवारीको आधिकारिक विक्रेता वा उत्पादक सदस्य छन् ।








प्रतिक्रिया