गगनपछि विश्वप्रकाश पनि सरकारको कामप्रति असन्तुष्ट, यस्ता छन् ७ बुँदा


काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको ढिलो, सुस्त र बेमौसमी निर्णयप्रति कडा असन्तुष्टि पोखेका छन् ।

सामाजिक सञ्जालमार्फत सरकारलाई सिधा शैलीमा कटाक्ष गर्दै उनले लेखेका छन्, ‘नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा बिलम्ब सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन ।’

सरकारभित्रै समन्वयको अभाव देखिंदै गर्दा शर्माले सात बुँदामा सरकारको लय र गति दुबैप्रति प्रश्न उठाएका छन् ।

उनले सामाजिक सञ्जाल नियमन गर्ने विधेयकदेखि लिएर कुलमान घिसिङको नियुक्ति विवाद, शिक्षक आन्दोलन, अख्तियारसम्बन्धी विधेयक, त्रिवि उपकुलपतिको राजीनामा, गभर्नर नियुक्ति र प्रहरीको एआईजी पद रिक्त जस्ता मुद्दाहरूमा सरकार असफल देखिएको तर्क गरेका छन् ।

यसअघि मंगलबार महामन्त्री गगन थापाले पनि सरकारको कामबारहीबारे असन्तुष्टि पोखेका थिए ।

Skip This