
काठमाडौं । दुई दल सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बस्दै छ । बैठक बुधबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।
बैठकमा सरकारका कामकारबाही, समसामयिक राजनीतिक परिस्थितिसँगै शिक्षक आन्दोलन लगायतका विषयमा गम्भीर छलफल हुने बताइएको छ।
यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । भेटमा शिक्षक आन्दोलन लगायत पछिल्लो परिस्थितिबाट उत्पन्न समस्याको समाधान खोज्न संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो ।
त्यस्तै सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै आलोचना भइरहँदा बैठक बोलाइएको हो ।










प्रतिक्रिया