
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब एक घण्टा भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित भेटवार्ता भएको बताएको छ ।
हालै कांग्रेस नेताहरूले सरकारप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाइरहेका बेला देउवासँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् । छलफलमा पछिल्लो घटनाक्रम, सरकारलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको जनाइएको छ।
देउवासँगको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक पनि आह्वान गरेका छन् । बैठक आज साँझ ६ बजे बालुवाटारमै बस्नेछ ।
प्रतिक्रिया