सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिने


काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

चैत २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृती दिएर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।