प्रधानमन्त्री केपी शर्मा ओलीले भने : ‘नयाँ दल कोही सहकारी ठग त कोही साहुमारा’

525
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलको नाममा भइरहेको हल्लाको लाग्न नहुने बताएका छन् ।

नेकपा एमालेद्वारा दमकमा शनिबार आयोजित जनजागरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नयाँ राजनीतिक दलको पछि नलाग्न जनतालाई आग्रह गरेका हुन् ।

उनका अनुसार नयाँ राजनीतिक दलका नाममा खुलेका दलमध्ये कुनै दल सहकारी ठग छन भने कुनै दल साहुमारा छन् ।

‘यस्ता दलको पछि लागेर हुँदैन । उनीहरुको अनुहार चैत १५ गते देखिइसकेको छ, उनले भने, उनीहरुको पक्षमा कुनै पनि अवस्थामा नलाग्नुस् ।’

मुलुकमा अहिले अस्थिरता हटेर स्थिर आएको बताउँदै उनले वर्तमान सरकार जनताको लागि नयाँ नयाँ योजना र कार्यक्रम लिएर आउने विश्वास दिलाए ।

उनले तोडफोड, आगजनी, हत्या, हिंसाजस्ता बिषयलाई सरकारले स्वीकार गर्न नसकिने प्रस्ट पारे । चैत १५ गते तीनकुनेमा शान्तिपूर्ण सभा गर्ने नाममा आगजनीका साथै पसल लुट्एिको र जडिवुटी कारखानामा आगजानी भएको उनले बताए ।

यस्ता तत्वले राजा फर्काउने भन्दै हिँडेको उल्लेख गर्दै उक्त प्रदर्शनमा सहभागी भन्दा पशुपतिका बाँदर नै राम्रो भएको जिकिर गरे ।

‘राजा फर्काउने अरे, राजा फर्काएपछि ती प्रधानमन्त्री मन्त्री बन्ने अरे,’ ओलीले भने, ‘तिनीहरूभन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ ।’