बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध

1.3k
Shares

काठमाडौं । बाढीले पुल बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दुम्किवासमा बिनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध बनेको हो। उक्त सडक खण्डबाट सवारी साधन ओहोर दोहोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

डाइभर्सन पुनस् बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । उता दाउन्नेमा सडक चिप्लो हुँदा मालबाहक साधनहरू सञ्चालन भएका छैनन् ।