प्रधानमन्त्री ओलीले बोलाए बजेट छलफल, सबै मन्त्री र सचिव सहभागी हुने

287
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट छलफल बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार दिउसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीले बोलाएको उक्त बैठकमा आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरुसँग छलफल हुने भएको छ ।

प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् ।

सरकारले आगामी जेठ १५ बजे आगामी आवको बजेट ल्याउँदै छ । यसका लागि विभिन्न संस्थागत छलफल सकेर बजेट लेखनकोक कार्य अर्थमन्त्रालयले सुरु गरिसकेको छ ।