
काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्दा मानव अधिकारको हनन गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु मानवअधिकार आयोग पुगेका छन् ।
सभापति रवि लामिछानेको गैरकानुनी पक्राउ र पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै ध्यानाकर्षण गराउन रास्वपाका नेताहरू राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुगेका हुन् ।
आयोगका अध्यक्षले यसमा छानबिन गर्ने प्रतिवद्धता व्यक्त गरेको रास्वपा नेता कविन्द्र बुर्लाकोटीले जनाकारी दिए ।
लामिछानेलाई अदालतको आदेश प्रमाणित नभइ पक्राउ पूर्जिसमेत नलगि गैरकानुनी रुपमा कोठासम्म प्रहरी पुगेको र यो मानवअधिकार हनन भएको रास्वपाको ठहर छ ।
अदालतको आदेश प्रमाणित नभइ सरकार र प्रहरीले अस्वभाभिक हर्कत गरेको रास्वपाको भनाइ छ ।
‘दलबलसहित गैरकानुनीरुपमा निजी सयनकक्षमा पुगि बल प्रयोग गरेर पक्राउ गर्दा लामिछानेको मानवअधिकार हनन भएको छ,’ आयोगमा पेस गरिएको पत्रमा भनिएको छ, ‘दोषिमाथि कारबाहीको माग गर्दछौं ।’








प्रतिक्रिया