राजावादी आन्दोलनमा ट्राफिकलाइट तोडफोड गर्ने पक्राउ

0
Shares

काठमाडौं । १५ चैतमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

तीनकुनेमा ट्राफिक लाइट तोडफोड गर्नुका साथै जडिबुटीस्थित एक घरमा आगजनी गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका कुमार तामाङलाई नियन्त्रणमा लिएको हो ।

यस घटनासँग सम्बन्धित रहेर हालसम्म उपत्यका अपराध अनुसन्धान कार्यालयले २७ जनालाई पक्राउ गरिसकेको छ ।