गण्डकी र कर्णालीमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमालीमा हिमपात

77
Shares

काठमाडौंं। पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावका कारण आज गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।