
काठमाडौं । चैत १५ गते राजावादीहरुको अराजक समूहले गरेको हुलदंगाबाट तीनकुने क्षेत्र नराम्ररी प्रभावित भयो । प्रदर्शनले हिंसात्मक रुप लिँदा उक्त क्षेत्रमा निजी सम्पत्तिमा तोडफोड र आगजनी भयो । घर, सवारी साधन लगायतमा तोडफोड र आगजनीपछि ४ करोड ८७ लाख ६७ हजार २० रुपैयाँको बिमा दाबी परेको छ । ११ वटा बिमा कम्पनीमा दाबी परेको हो ।
४३ वटा दाबी परेकोमा ३ वटा दाबीको ४५ हजार १२ रुपैयाँ भुक्तानी भएको छ । यो भुक्तानी शिखर इन्स्योरेन्सले गरेको हो । शिखरका अझै २ वटा दाबीको भुक्तानी हुन बाँकी छ ।
प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ३ वटा दाबीबाट बिगो दाबी रकम ३७ लाख रुपैयाँ रहेको छ ।
यस्तै मोटर बिमा (निजी) तर्फ २२ वटा दाबीको बिगो रकम १ करोड २९ लाख ६७७ रुपैयाँ, सम्पत्ति बिमातर्फ १२ वटा दाबीको बिगो रकम ३ करोड ११ लाख ६६ हजार २१३ रुपैयाँ र विविध तर्फ परेको २ वटा दाबीको बिगो रकम १० लाख १ हजार १३० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया