
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरुमा देखिएको उच्च वायु प्रदूषण बारे छलफल गरेका छन् ।
शहरी विकास मन्त्रालयमामा वन मन्त्रालयअन्तर्गत वातावरण विभाग र विज्ञहरुसँग उनले छलफल गरिरहेका हुन् ।
प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने विषयमा सिंहले सरोकारवाला र विज्ञहरूसँग छलफल गरिरहेका हुन् ।

बैठकमा विज्ञहरूले प्रदूषण कम नहुँदासम्म सातामा दुई दिन सार्वजनकि बिदा गर्न र सवारी साधनमा जोर-विजोर गर्न सुझाव दिएका छन् ।
उनीहरुले देशका विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणमा सरकार गम्भीर बन्नु पर्ने जनाए ।
प्रतिक्रिया