
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार हाजिर गर्न महानगरमा प्रवेश गर्ने क्रममा धक्कामुक्की भएको छ ।
गुरागाईंलाई हाजिर गर्न नदिने मेयर बालेन्द्र शाहको अडान र हाजिर गराएरै छाड्ने कर्मचारीहरुको अडानका बीच विवाद भएको छ ।
महानगर प्रहरीले उनलाई कार्यकक्ष प्रवेशमा रोकेको थियो ।
महानगरको कार्यलयमा ठूलो संख्यामा नगर प्रहरी परिचालन भएका छन् ।
कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत नभएकाले आफूहरुले लामो समयदेखि तलब खान नपाएको भन्दै आक्रोश पोखेका छन्।
उनीहरुले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्दै कार्यालय भवनभि प्रवेश गराएका हुन् ।
ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको भए पनि सयौंको संख्यामा कर्मचारी भएकाले नगर प्रहरीले केही गर्न सक्ने अवस्था बनेन ।
तर उनकी कार्यालयको ढोकमा ताला लगाइएकाले अहिले ताला खोल्न प्रयास भइरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको विवादपछि उनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिइएको थिएन भने कार्यालयमा ताला लगाइएको थियो । ताला खोल्न नसकेपछि उनीहरुले ढोकाको सीसा फुटाएका छन् ।

सीसा फुटाएपछि मार्तोलले ढोका खोल्न लागेको समयमा महानगर नगरी प्रमुख राजु पाण्डे आएपछि कर्मचारीलाई पछाडि हटाएका छन् ।
‘महानगरले कार्यकारीलाई रोक्न गेटमा रोक्न मिल्छ ?,’ आन्दोलनमा उत्रिएका एक कर्मचारीले भने,’कर्मचारीलाई न्याया गर्ने निकाय हुन्छ । कुनै एक व्यक्तिविरुद्ध यसरी लाग्न मिल्छ ?’
कार्यकारी अधिकृतलाई कारबाही गर्ने निकाय भएको र उनलाई हाजिर गर्न दिनुपर्ने उनीहरुको भनाइ छ ।’कर्मचारीमाथि अन्याय हुनु हुँदैन । नगरपालिकाभित्रै नगरप्रहरी परिचालन गरेर भित्र पस्न नदिएर हुन्छ ।’
गुरागाईं ०८१ पुस १४ गतेदेखि निलम्बनमा छन् । महानगरका मेयर बालेनले उनलाई निलम्बन गरेका हुन् ।

काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई महानगरमा उपस्थित हुन दिइएको छैन ।
महानगरले गुरागाईंमाथि छानबिन गर्न तीन समिति बनाएको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन निर्देशन दिँदै आएको छ ।
महानगरले आफूहरुलाई नयाँ प्रशासकीय अधिकृत दिन बारम्बार संघीय सरकारसँग माग गर्दै आएको छ ।
प्रतिक्रिया