
काठमाडौं । नेपाल प्रहरीले चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली लागेको पुष्टि गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले गोली लाग्नेहरूमा २ महिला र १८ पुरुष रहेको जनाए । घाइतेमध्ये १३ जनाको अस्पतालमा उपचार भइरहेको छ।
आचार्यले आन्दोलनका क्रममा कुल ५८ राउन्ड गोली प्रहार भएको जानकारी दिए । त्यस्तै ७४६ राउन्ड टियर ग्यास प्रहार गरिएको थियो भने १९२ पटक ब्ल्यांक फायर भएको थियो । दुईवटा गोली पेस्तोलबाट प्रहार भएको पनि उनले बताए ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट ५५ जना नेपाल प्रहरी र २३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । यस्तै ,५३ जना प्रदर्शनकारी घाइते भएको उनले जानकारी दिए ।
प्रतिक्रिया