सभापोखरी हाइड्रोको आईपीओ नबिके नागरिक लगानी कोषले सकार्ने

14
Shares

काठमाडौं । नागरिक लगानी कोषले सभापोखरी हाइड्रोपावर लिमिटेडले निष्कासन गर्ने साधराण सेयरो प्रत्याभुति गर्ने भएको छ । कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरेका छन् ।

सभापोखरी हाइड्रोले प्रति कित्ता एक सय रुपैयाँका अंकित मूल्यमा १० लाख ७५ हजार कित्ताले हुने १० करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको हो । उक्त सेयर निष्कासन गर्न कोषले उक्त सेयरको प्रत्याभूति गर्ने भएको छ ।