भाटभटेनी लुटपाट रोक्न बहादुरी देखाएका सुरक्षा गार्ड पराजुली ५ लाख नगदसहित सम्मानित (भिडियो)

५ जनालाई नगदसहित सम्मान

574
Shares

काठमाडौं । गत शुक्रबार राजावादीहरुको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाउनेहरुलाई ज्यान जोखिममा राखेर लखेटेका सुरक्षा गार्डलाई सम्मानसहित पुरस्कृत गरिएको छ ।

भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको हो ।

उनलाई आज एक कार्यक्रमबीच ५ लाख १ हजार १११ नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको भाटभटेनीले जनाएको छ ।

त्यस्तै अर्का सुरक्षागार्ड दीपेश खड्का २५ हजार रुपैयाँसहित सम्मानित भएका छन् । त्यस्तै अर्का गार्ड २५ हजार १ रुपैयाँ, सागर गुरुङले ५१ हजार १११ रुपैयाँ, सोमबहादु भुजेलले २५ हजार १ रुपैयाँ पाएका छन् ।

उनीहरुलाई भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ दम्पत्तिले सम्मानित गरेका थिए ।

लुटपाटका लागि भाटभेटेनीमा प्रवेश गरेका समूहले गरेको लुटपाटमा ७५ लाख रुपैयाँको क्षति भएको भाटभटेनीले जनाएको छ।

लुटपाटमा संलग्न मध्ये केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्यको खोजी भइरहेको जनाएको छ ।