छाति ठोकेर राजेन्द्र लिङ्देनले भने: राजावादी यहाँ छ सके जेल हाल ! (भिडियो)

1.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सके आफूहरुलाई जेल हाल्न चुनौती दिएका छन् ।

आइतबारको संसद बैठकमा गणतन्त्रवादी सांसदहरुले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि लिङ्देनले यस्तो चुनौती दिएका हुन् ।

‘संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाति ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल !’ लिङ्देनले क्लिकमान्डुको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन् ।