
काठमाडौं । निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
शुक्रबार प्रतितोला एक लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज तोलामा ६०० ले बढेर १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ घटेर दुई हजार २५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया