
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सोमबार १ लाख ७३ हजार पाँचसय रुपैयाँ कायम भएको सुनको मूल्य आज एक लाख ७३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । आइतबारबाट तोलाको एक हजार नौसय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया