
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको बिरोध गरेका छन् । लामिछानेले सांकेतिक रुपमा घिसिङ हटाउने निर्णयको बिरोध गरेका हुन् ।
लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन् । जहाँ उनले बलिरहेको बत्ति निभाएर मैन बत्ति बालेको देख्न सकिन्छ । लामिछानेले कुनै प्रतिक्रिया भनेका दिएका छैनन् ।
मौन देखिएका उनी सांकेतिक रुपमा केहीबेर मैनबत्ति बालेर बसेका हुन् ।
घिसिङलाई सोमबारको मन्त्रिपरिषद् बैठकले हटाएसँगै सरकारको चर्को आलोचना भइरहेको छ । प्रतिपक्षी दलहरुले मात्र नभएर सत्ता पक्षकै नेताहरुले सरकारको निर्णयको आलोचना गरेका हुन् ।
प्रतिक्रिया