
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको बनस्थलीबाट उनलाई पक्राउ गरेको हो ।
उनी विरुद्ध भ्रष्टाचार गरी गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
आयोगले उजुरीका आधारमा उनीमाथि छानबिन गरेको थियो । आयोगकातर्फबाट अनुसन्धान अधिकृत दिनेश लुइटेलले छानबिन प्रतिवेदन तयार पारेका थिए । आयोगले विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीले भ्रष्टाचार गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेर मुद्दा दर्ता गरेको थियो । सर्वोच्च अदालतले २०८१ मंसिर १२ गतेको फैसलाले उनलाई भ्रष्टाचारमा दोषी ठहर्याएको थियो ।
उनको स्थायी ठेगाना चितवनको खैरहनी, जमौली हो । उनी हाल काठमाडौं महानगरपालिका- १६, बनस्थलीमा बस्दै आएका थिए । उनलाई २ करोड ५५ लाख १६ हजार ४र सय त्रियासी रुपैयाँ जरिवाना र ६ (छ) महिना कैद हुने ठहर भएको छ । सो सजाय बेरुजू भई फरार रहेका उनलाई प्रहरी टोलीले चैत १० गते बनस्थलीबाट पक्राउ गरेको जनाएको छ । चैत ११ गते फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला अदालतबाट उनी डिल्लिबजार कारागार चलान भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।








प्रतिक्रिया