सहकारीको अनुगमन गर्न काठमाडौं महानगरले गठन गर्यो टोली, जिल्ला संघको पनि सहभागीता

364
Shares

ताकाठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्ष पछि आफ्नो क्षेत्रभित्र रहेका सहकारी संस्थाको अनुुगमन गर्ने भएको छ ।

सहकारी संस्थाहरुको अनुुगमनका लागि भन्दै टोली गठन गरेको छ । महानगरपालिका सहकारी विभाग प्रमुख नमराज ढकालको संयोजकत्वमा गठित समितिमा सदस्यहरु काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष सुमन केसी, सदस्यमा सहकारी विभागका शाखा अधिकृत नारायण विक, सहकारी विभागका लेखापाल दीपेन्द्र केसी र सदस्य सचिवमा नियमन महाशाखा प्रमुख हरि बहादुर पाटामगर रहेका छन् ।

फागुन २३ गते प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णयानुसार काठमाडौ महानगरपालिका सहकारी ऐन २०७४ को दफा ७१ र दफा १०६ एवम् भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट जारी बचतऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७७ को दफा ३० को उपदफा (२) बमोजिम अनुगमन टोली गठन गर‍ेको जनाईएको छ ।

गत आवमा महनगरको सहकारी विभागले ४० वटा सहकारीको अनुगमन गरेको थियो । जसमा करिब १ दर्जन सहकारीलाई थप कारबाहीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाएको छ । केहीलाई विभाग आफैले कारबाही गरेको जनाएको छ । तर, त्यो विवरण भने उल्लेख छैन ।