ज्ञानेन्द्र राजा बन्न लायक छैनन्, राप्रपा अध्यक्ष बनुन्: देउवा

2.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै सम्भावना नभएको दाबी गरेका छन् ।

पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवनले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको भन्दै उनलाई राप्रपाको अध्यक्ष बन्न सुझाव दिए ।

‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति होइनन् । यदि उनलाई राजनीति गर्नु छ भने राप्रपाले पार्टी सभापति बनाएर राजनीति गर्न सक्छन्,’ देउवाले भने, ‘त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन् । राप्रपाले पनि समस्यामा पर्छ ।’

उनले कुनै पनि परिस्थितिमा पूर्वराजा संवैधानिक राजा बन्न नसक्ने उल्लेख गर्दै पार्टीका नेता कार्यकर्ताहरुलाई गणतन्त्रको पक्षमा एकताबद्ध भएर लाग्न निर्देशन दिए ।