आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

1.7k
Shares

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।