एमए पावरले सबा २० अर्ब खर्चेर मर्स्याङदी नदी हाइड्रो बनाउने, ५ वर्षमा उत्पादनको लक्ष्य

11.6k
Shares

काठमाडौं । एमए पावर प्रालिले २० अर्ब २५ करोड रुपैयाँ लगानीमा ९० मेगावाटको  मर्स्याङदी नदी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।

प्रतिमेगावाट २२ करोड ५० लाख रुपैयाँ  खर्चे कम्पनीले यो आयोजना बनाउन लागेको हो । प्रस्तावित आयोजना तनहुँको भानु नगरपालिका र बन्दिपुर गाउँपालिका, लमजुङको राइनास नगरपालिका र गोरखाको पालुङटार नगरालिकाम रहेको मर्स्याङदी नदीमा निर्माण हुनेछ ।  यो आयोजनाको अध्ययन भइसकेको छ । अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन तयार पारेर स्वीकृतिको प्रक्रियामा छ । वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिने अन्तिम तयारी गरेको छ ।

प्रतिवेदन स्वीकृति भएपछि निर्माणको बाँकी प्रक्रिया अघि बढाउने तयारीमा कम्पनी छ । निर्माण थालेको ५ वर्षमा व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ । यो अर्ध-जलाशय प्रकृतिको जलविद्युत् आयोजना हो । आयोजनाको पिकिङ आवर १ घण्टा छ । प्रस्तावित आयोजनाको ग्रस हेड ९४.२० मिटर र

नेट रेटेड हेड ८५.६४ मिटर छ ।प्रस्तावित आयोजनाको ५४८.९५ गिगावाट आवर वार्षिक उत्पादन गर्नेछ ।

हेडरेस टनेल ११.९ किमी  तथा  पेनस्टक पाइपको लम्बाई ९७० मिटर  र आन्तरिक व्यास ६.५ मिटर छ । यस आयोजनाबाट उत्पादित विद्युत २२० केभी सिंगल सर्किट विदयुत प्रसारण लाइन मार्फत ११.६ किमीको दुरीमा अवस्थित नेपाल विद्युत प्राधिकरणको मार्किचोक सबस्टेसनमाजडान गरी राष्ट्रिय प्रसारण ग्रीडमा समाहित गरिनेछ ।

प्रस्तावित आयोजनाको मुख्य प्रवेशद्धारको रुपमा पृथ्वी रजमार्गा अवस्थित डुम्रे बजारमा रहेको छ  काठमाडौंबाट  करिब १३६ किमी दुरीमा अवस्थित छ । डुम्रे बजारबाट करिब १९ किमो दुरीमा बाइसजंगगार बजार छ ।

प्रस्तावित अयोजनाको हेडवर्क्स क्षेत्र बजाइसजंगार बजारबाट करिब १ किमीमा पर्छ ।

आयोजनाका लागि ४४.८८ हेक्टर वन क्षेत्रको  जग्गा आवश्यक छ । जसमध्ये २३.९६ हेक्टर स्थायी रुपमा र २०.९२ अस्थायी रुपमा प्रयोग गरिनेछ  । उक्त जग्बाट कुल ३ हजार ४८ वटा विभिन्न प्रजातिका रुखहरु काटिनेछ ।