
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूले बोल्दा दुई तिहाइको सरकारलाई समस्या पर्ने बताएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराउन पुगेका लामिछानेले बोल्ने समय आउँदा धेरैको बोल्ती बन्द हुने बताए ।
‘अहिले मैले बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला त्यसैले अहिले मलाई बोल्न नलगाउनुस्,’ उनले भने, ‘बोल्ने समय आउँछ त्यसपछि धेरैको बोल्ती बन्द हुन्छ ।’
रास्वपा राजावादीको पक्षमा हो भन्ने प्रश्नमा लामिछानेले आफू अहिले आवेग उत्तेजनामा नरहेको बताए । ‘म आवेग उत्तेजनामा छैन । किनभने मुलुक गम्भीर अवस्थामा आएको छ,’ उनले भने, ‘नेपाली जनताले आशा र भरोशाले हेरेको दलको नेताको रुपमा म आवेग र उत्तेजनामा अभिव्यक्ति दिने अवस्थामा छैन ।’
उनले देशको भविष्य आफूहरुको पुस्ताको हातमा आउन लागेको बताए । ‘म लाइफलाइनको कुरा गर्दै छु तपाईं हेडलाइनको चिन्ता गरिरहनु भएको छ । यो पक्ष र उ पक्ष भनेर बाँड्ने बेला होइन यो,’ उनले भने र।
उनले सरकार नाङ्गिएकाले आफू सरकारको लाज छोप्न विभिन्न अदालतमा पुग्नु परेको बताए ।
उनले विद्रोहको समय आएकाले सबैलाई तयार रहन आग्रह गरे । ‘समय आउँदै छ सबैलाई तयार रहन आग्रह गर्दछु,’ उनले भने, ‘गेट रेडी फर द रेभ्यूलेसन ।’
प्रतिक्रिया