
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा माओवादी सांसद विमला सुवेदीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो अघि बढाइने बताए ।
प्रधानमन्त्री ओलीले यस विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रयास गरेको बताए । तर, प्रचण्डसँग सम्पर्क गर्न नसकेको जानकारी प्राप्त भएको उनले उल्लेख गरे।
‘मैले पटक–पटक सम्पर्क गर्न खोजेँ, तर स्वास्थ्य समस्याका कारण उहाँसँग प्रत्यक्ष संवाद हुन सकेको छैन। तर, म निरन्तर प्रयासरत छु,’ ओलीले भने ।
उनले प्रचण्डसँग सम्पर्क स्थापित हुनेबित्तिकै प्रक्रिया अघि बढाइने स्पष्ट पारे।
प्रतिक्रिया