गणतन्त्रवादीलाई ज्ञानेन्द्रको प्रश्न: राजाको स्वागत गर्दा मुटु हल्लियो, आन्दोलन गर्दा के हालत हुन्छ ?

252
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दा गणतन्त्रवादीहरूको ‘मुटु र कलेजो हल्लिएको’ टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले सरकारविरुद्ध आन्दोलन गर्दा हालत के हुन्छ ? भन्दै प्रश्न गरे ।

‘स्वागत गर्दा त मुटु हल्लियो, कलेजो हल्लियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरूका विरुद्ध आन्दोलन गर्नुपर्‍यो भने हालत के हुन्छ ?,’ शाहीको प्रश्न छ ।

उनले राजा नफर्किने तर अस्तु नभेटिने मार्क्स, लेनिन चाहिँ कसरी भेटिन्छन् ? भन्दै वामपन्थी दललाई प्रश्नसमेत गरे ।
‘राजा गइसक्यो, फर्किंदैन भन्नुहुन्छ । गइसकेको राजा फर्किँदैन भने अस्तु पनि नभेटिने मार्क्स, लेनिन र माओ चाहिँ कसरी फर्किन्छ ? र, जनतालाई उल्लु बनाइरहनुभएको छ,’ उनले भने।

Skip This