२४सैं घण्टा बिजुली दिन सिमेन्ट उद्योगीको माग, अहिलेको मूल्यमा उत्पादन गर्न नसकिने दाबी


काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्ट उद्योगमा चौबीसै घण्टा बिजुली उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

संघले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरण, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न संसदीय समितिसँग सिमेन्ट उद्योगमा २४ सैं घण्टा बिजुली उपलब्ध गराइदिन माग गरेको हो ।

लोडसेडिङका कारण वैकल्पिक उर्जाको प्रयोग गरी क्लिङकर र सिमेन्ट उत्पादन गर्दा लागत खर्च अत्यधिक बढ्दा हालको बिक्री मूल्यमा उत्पादित सिमेन्ट उत्पादन गर्न नसकिने दाबी गर्दै संघले उत्पादन लागत खर्चअनुसार बिक्री मूल्य निर्धारण गर्नुपर्ने बाध्यतासमेत रहेको जनाएको छ ।

अर्बौंको लगानी गरी स्थापित भएको सिमेन्ट उद्योगमा मुलुक पछिल्लो समयमा आत्मनिर्भर हुनुका साथै निर्यातसमेत गरी आयात प्रतिस्थापनमा उल्लेख्य भूमिका खेल्दै आएको बताउँदै संघले अहिले नै उद्योगले १२ देखि १४ घण्टासम्मको लोडसेडिङको मार खेप्दै आएको अवस्थामा आगामी दिनमा थप २० घण्टासम्मको लोडसेडिङको भार खप्न नसक्ने बताएको छ ।

Skip This