
काठमाडौं । सोमबार जारी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मतदान भएको भन्दै ललितपुरको पाटन संयुक्त क्यापसमा झडप भएको छ ।
फर्जी मतदानको आरोपपछि क्याम्पसमा दुई पक्षबीच कुटाकुट भएको हो ।
एमालेनिकट अनेरास्ववियुले फर्जी मत खसेको दाबी गर्दै मतदान अवरुद्ध गरेपछि झडप भएको हो । नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच भएको कुटाकुटमा केही विद्यार्थी घाइते भएका छन् । हाल मतदान प्रक्रिया स्थगित भएको छ ।
प्रतिक्रिया