विराटनगरमा तीनदिने ढाका महोत्सव हुने

0
Shares

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा चैत ७ देखि ९ गते विराटनगरमा ढाका कपडा महोत्सव हुने भएको छ ।

महोत्सवमा महिला उद्यमीले तयार गरेका मौलिक ढाका सामग्रीको प्रदर्शनी गरिने छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यमी विकास समितिको संयोजनमा हुने महोत्सवलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले सहकार्य गरेको छ ।

महोत्सवमा ढाका कपडाको व्यापार तथा लगानी प्रबद्र्धनका लागि ढाका उद्योगमा सम्भावित लगानी तथा व्यवसायिक अवसर, ढाका उद्योगका चुनौती, अवसर र प्रवर्द्धनका द्धनका वारेमा महिला उद्यमीहरुसँग सम्वाद गर्ने कार्यक्रम रहेको छ ।

विराटनगरको जैन भवनमा हुने तीनदिने महोत्वसको मुख्य उद्देश्य नेपाली ढाका उद्योगलाई प्रबद्र्धन गर्दै कोशी प्रदेशका महिला उद्यमीहरुको व्यवसायिक क्षमता अभिबृद्धि गर्ने, ढाका कपडाको व्यवसायिक सम्भावना बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने तथा स्थानीय स्तरमा महिला उद्यामशिलतालाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्ने रहेको महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए ।

राउतले ढाकाका कपडालाई मुलुकमा अनिवार्य प्रयोग गर्ने वातावरणका लागि सरकारले वातावरण बनाउनु पर्ने बताए ।

Skip This