
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको राष्ट्रिय भामा समेत बिरोध भएको छ ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै सत्तारुढ दल नेकपा एमाले सांसद रुक्मिणी कोइरालाले उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताइन् ।
नेपाली समाजको मूल्य,मान्यताविपरित गरिमामय सदनमा यति निष्कृष्ट धारणा धारणा राख्ने अधिकार उनलाई कस्ले दियो ? भन्दै सांसद कोइरालाले प्रश्न गरिन् ।
त्यस्तो अभिव्यक्तिले समाजमा पर्ने असरको समेत हेक्का नराखि अभिव्यक्ति दिएका सांसद घिमिरेले माफी माग्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया