
काठमाडौं । नेपाल बिमा प्राधिकरणको नवनियुक्त सञ्चालक राधा पोखरेलले पद तथा गोपनीयताको सपथग्रहण गरेकी छन् । पोखरेललाई अर्थमन्त्री विष्णु पौडेलले आइतबार दिउँसो सपथग्रहण गराएका हुन् ।
फागुन २८ गते अर्थमन्त्रालयको मन्त्रीस्तरीय निर्णयले चैत १ गतेदेखि नै लागू हुने गरी पोखरेललाई ४ वर्षे कार्यकालका लागि नियुक्ति गरिएको थियो ।
पोखरेल २ वर्षअघि विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन् ।
पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पनि हुन् । उनी लामो समयदेखि सेयर बजारमा लगानीकर्ताका रुपमा सक्रिय छिन् ।
सो अवसरमा अर्थमन्त्री पौडेलले बिमा क्षेत्रमा कोही व्यक्ति पीडित हुन नहुने, कुनै पनि व्यक्तिले अन्यथा गर्न नपाउने व्यवस्था हुनुका साथै बिमा क्षेत्रमा नयाँ योजनाका साथ काम गर्न जरुरी रहेको बताए ।
प्रतिक्रिया