
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी विरगञ्जमा सार्वजनिक गरेको छ ।
वीरगञ्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के ३ ईभी र टाटा सफारी लन्च भएका छन् । सो कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, जनार्दन सिंह क्षेत्री (मधेश प्रदेश) को साथ सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको प्रमुख आतिथ्यता थियो ।
‘विरगंजमा टाटाका नँया गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौं । अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नु हुन्छ । बिक्रीपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको छ,’ कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले भने, ‘त्यसैले टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नयाँ गाडीहरु ढुक्क भएर लिन सक्नु हुन्छ । सिप्रदीको सुरुवात देखि नै बिक्रिपछिको सेवालाई जोड दिदै आएको छ ।’
त्यस्तै प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले विरगंजमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए । विशेषगरि भारतमा निकै रुचाइएको टाटा कर्भ ईभीको धेरै ग्राहकहरु प्रतीक्षा गरिरहेका र गाडी डेलिभरी गर्न पाउँदा उत्साहित भएको सापकोटाले बताए।
कार्यक्रममा बोल्दै प्रमुख अथिति जनार्दन सिंह क्षेत्रीले सिप्रदीको सर्भिस सुविधा देखेर अत्यन्त प्रभावित भएको बताए । यसमा अझै थप विकाश हुदै जाओस भन्ने कामना व्यक्त गरे ।
टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले कर्भ ईभीमा सिंगल चार्जमै लामो दूरीको यात्रा काठमाडौं, भारतको पटना, मुज्जफापुर सजिलै आवत जावत गर्न सकिने बताए ।
प्रतिक्रिया